 
																			२१ वैशाख, विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक महिनादेखि रोकिएको छ ।
राजमार्गले छुने क्षेत्रका सांसद र पालिका प्रमुखहरुले बिहीवार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै तत्काल काम सुरु नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवषर्ीका प्रमुख श्याम राजवंशी, रंगेली पालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरी सहभागी थिए ।
हुलाकी सडकको करिब २० किलोमिटर क्षेत्रमा ठेकेदारले काम अलपत्र पारेको भन्दै उनीहरुले सात दिन भित्र काम सुरु नगरे दबाव आन्दोलन थाल्ने चेतावनी दिए ।
क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले पटक-पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएको बताए ।
राज्यका निकायले काम सुरु नगरे प्रतिरोध गर्ने उनले बताए । धुवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतासमक्ष आउनु परेको बताए ।
सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए ।
मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सडक निर्माणका लागि आवाज उठाउन सम्भव नभएका कारण लाठी उठाउनु पर्ने अवस्था रहेको बताए ।
प्रदेश सांसद भीम पराजुलीले काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए । काम सुरु नगरे आन्दोलनमा उत्रिने उनले बताए ।
प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले हुलाकी सडकमा हिँड्न नसक्ने अवस्था रहेको बताए । निर्माणको काम सुरु गरेर वर्षामा हिँड्न सक्ने बनाउनु पर्ने बताए ।
रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले लाइफ लाइनको रूपमा रहेको सडकको काम रोक्नु आपत्तिजनक रहेको बताए ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जनप्रतिनिधिको आग्रह सडक आयोजनाले नसुन्ने गरेको गुनासो गरे । काम गर्ने विषयमा सहकार्य नभएको उनको गुनासो छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4