+
+
Shares

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई नारायणी नदीमा क्रुज यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:५८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई नारायणी नदीमा क्रुज यात्रा गराएको छ । चैत २०७९ मा सञ्चालन गरिएको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहा भ्रमणका साथै नारायणी नदीमा क्रुज यात्रा गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ४०० जना वरिष्ठ अभिकर्ताहरु सहभागी भएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले प्रशिक्षक मनोज भट्टराईले उत्तप्रेरणा तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।

अधिकृत खत्रीले अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको बताए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?