+
+

दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १४:४७

२५ वैशाख, काठमाडौं । दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ ।

१९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो ।

डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?