+
+

आर्मीमाथि एपीएफको उत्कृष्ट जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १७:३१

२७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ । दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हरायो ।

४१ औं मिनेटमा एपीएफका अर्मान्ड बेडोमले टिमका लागि पहिलो गोल गरे । उनले लङबलमा गोल गरेका हुन् । आर्मीका डिफेन्डर दिपक गुरुङले उक्त बल रोक्न खोजे पनि सकेनन् ।

५६ औं मिनेटमा हरी कार्कीको क्रसमा आभास लामिछानेले गोल लाइन नजिकैबाट उत्कृष्ट प्रहार गरे ।

तेस्रो गोल भने कप्तान नविन लामाले खेलको ६२ औं मिनेटमा गरेका थिए । अर्मान्ड बेडोमले दिएको बललाई उत्कृष्ट फुटवर्कमार्फत फिनिस गर्दै उनले एपीएफलाई ३–० ले जिताए ।

पहिलो हाफदेखि नै फितलो देखिएको आर्मी डिफेन्सकै कारण एपीएफसँग पछि रह्यो । यो हारसँगै आर्मी १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।

आर्मीलाई पछि पार्दै एपीएफ २२ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

   

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?