१० असार, काठमाडौं । एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १-० ले पराजित गरेको छ ।
समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यो जितले राहत मिलेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे ।
उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन ।

पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ समूह एलमा तेस्रो स्थानमा छ ।
क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।
पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको छ । पानामा पहिलो पहिलो खेलमा पनि घानासँग १-० ले नै पराजित भएको थियो ।
पानामाले अब अब अन्तिम खेलमा इंग्ल्यान्डसँग खेल्नेछ ।
यसै खेलबाट क्रोएसियाका भेट्रान कप्तान लुका मोडरिचले यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा २००औं खेल पूरा गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा उनी यो कोशेढुंगा पार गर्ने चौथो खेलाडी हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २३०, कुवेतका बाडेर अल-मुटुवाले २०२ र अर्जेन्टिनाका लियोनल मेसीले २०१ खेल खेलेका छन् । मेसीले यसै विश्वकपकमा अल्जेरिया विरुद्धको पहिलो खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।
प्रतिक्रिया 4