+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हाइड्रोपावर कम्पनीको सेयर संरचना अध्ययन गर्दै धितोपत्र बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १८:०१

२७ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत समूहको संगठित संस्थाहरूको सेयर संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ । १९ चैतमा बसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डको सञ्चालक बोर्डमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको बोर्डले जनाएको छ ।

जलविद्युत समूहको सूचीकृत संगठित संस्थाहरूको सेयर धितोपत्र बजारमा सूचीकृत भए पश्चात तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पुरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्था र त्यसको प्रभावका सम्बन्धमा अध्ययन गर्न समिति गठन भएको बोर्डले जनाएको छ ।

सार्वजनिक निष्कासन गरेको हाइड्रोपावर कम्पनीको संस्थापक सेयरधनीले लकिङ अवधि सकिएपछि सेयर बिक्री गरेर बाहिरिने र सर्वसाधारणको लागानीमा जोखिम बढ्दै गएको छ । यस्तोमा बोर्डले सेयर संस्थानको अध्ययन गर्न समिति बनाएको हो ।

समितिका अन्य सदस्यहरूमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा रहेको बोर्डले जनाएको छ ।

उक्त समितिले तीन महिना भित्र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पुरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्थाको बारेमा अध्यन गर्ने बोर्डले जनाएको छ । साथै त्यसको प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक समिति समक्ष पेश गर्ने जनाएको छ ।

अध्ययन समितिको प्रतिवेदनका आधारमा संगठित संस्थाको नियमन तथा सुपरिवेक्षणका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्न बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउने अपेक्षा गरेको बोर्डले गरेको जनाएको छ ।

१९ चैतकै सञ्चालक समितिको बैठकले धितोपत्र बजारमा गैरआवासीय नेपाली भित्र्याउन अध्ययन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन गैरआवासीय नेपालीलाई समेत पूँजीबजारमा भित्र्याउन अध्ययन गर्न लागिएको बोर्डले जनाएको छ ।

गैरआवासीय नेपालीको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानुन बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्न बोर्डले समिति गठन गरेको हो । बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको समिति बनेको हो ।

उक्त समितिले तीन महिना भित्र गैर आवासीय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेश गर्ने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त समितिले नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाइ पहिचान गरी त्यसका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ । यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भइ मूल्य जोखिम कम हुने लगायतका सुधार हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?