+
+

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका २ शिक्षक निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १७:२३

२८ वैशाख, चितवन। बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा  चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ ।

वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।

परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर-१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।

विद्यार्थीहरुले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन्। घटनाको विषयलाई लिएर विद्यार्थीहरुले डेन्टलको ओपीडी सेवा बन्द गरेका थिए ।

कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको बताए। उनले घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?