+
+

साथीको निधन भएपछि विपश्यनाको शिविर छाडेर भारत फर्किए आमिर खान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १३:००
फाइल तस्वीर

काठमाडौं । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

आमिरले सोमबारदेखि विपश्यनामा साधना गरे । शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए । आफ्ना नजिकका साथी राजीव लुथ्राको निधन भएपछि आमिर बीचमै ध्यान-साधना छाडेर गएको र पछि आउँदा ध्यान शिविरमा पूरा समय बस्ने बताएको जनाइएको छ ।

‘उहाँ साढे ८ बजे नै यहाँबाट निस्कनुभएको हो । यति चाँडै किन निस्कनुभयो, त्यो कारण थाहा भएन,’ केन्द्रका कर्मचारीले भने । विपश्यनाको नियमानुसार १० दिन नियम पालनासहित ध्यान गर्नुपर्छ । आमिरले पनि सोही अवधिसम्म ध्यान गर्ने बताइएको थियो ।

आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुपज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?