+
+

वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १०:१४

१ जेठ, काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ ।

वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेको डीएसपी न्यौपानेले बताए ।

चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । डीएसपी न्यौपानेका अनुसार लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?