५ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ ।
जारी सिजनको ६८ औं खेल लखनउ र कोलकाताबीच शनिबार इडेन गार्डेन कोलकातामा हुनेछ । यस खेलमा विजयी भएमा लखनउले प्लेअफमा स्थान पक्का गर्नेछ ।
लखनउ कोलकाताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको जर्सीमा मैदान उत्रर्नेछ ।
मोहन बगान र लखनउका मालिक एउटै हुन् ।
त्यतिमात्रै होइन भारतको सर्वाधिक पुरानो र सफल क्लब भएकाले सम्मान स्वरुप मोहन बगानको फुटबल जर्सीमा मैदान उत्रन लागेको लखनउले जनाएको छ ।
मोहन बगान फुटबल क्लबको नाम समेत परिवर्तन भएको छ । क्लबको नाम परिवर्तन गर्दै मोहन बगान सुपर जायन्ट्स राखिएको छ ।
कोलकातामै खेल भएकाले उक्त खेलमा कोलकाताकै क्लबको जर्सी क्रिकेट क्लबले पनि लगाउन लागेको हो ।
अंक तालिकामा लखनउ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । लखनउ भोलि हुने खेलमा विजयी भएमा १७ अंकका साथ प्लेअफ खेल्नेछ ।
कोलकाता भने १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ सातौं स्थानमा छ । कोलकाता अन्तिम खेलमा विजयी हुँदा १४ अंक हुन्छ ।
रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बइ इण्डियन्सको पनि समान १४ अंक छ । त्यसैले जितेको स्थितिमा पन िकोलकातालाई प्रतियोगितामा कायम रहन अरु खेलको नतिजामा भर पर्नु पर्छ ।
प्रतिक्रिया 4