+
+

ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १९:५९

७ जेठ, काठमाडौं । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमेनेटर नजिक पुगेको छ ।

यो जितसँगै मुम्बईको १४ खेलबाट १६ अंक भएको छ र उ चौथो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको गुजरात टाइटान्ससँग खेल्न लागेको रोयल च्यालेन्जर्स बैंगलोरले मात्र मुम्बईलाई उछिन्ने संभावना छ ।

त्यसका लागि १४ अंक रहेको बैंगलोर टाइटान्सलाई  हराउनै पर्ने छ । तर यो खेल हुने बैंगलोरमा पानी परेकाले खेल सुरू हुन ढिलाइ भएको छ ।

बाङखडे स्टेडियममा हैदरावादले दिएको २०१ रनको लक्ष्य मुम्बईले १२ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो ।

मुम्बईलाई जिताउन क्यामरन ग्रिनले शतकीय पारी खेले । ४७ बलमा ८-८ चौका र छक्का हानेका उनी १०० रनमा नट आउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो ।

उसका मयन्क अग्रवालले ८३ र भिवरान्त शर्माले ६९ रन बनाएका थिए ।

१४ खेलमा ४ खेलमात्र जितेको सनराइजर्सले अंक तालिकाको पुछारमा रहँदै यो सिजनको आईपीएल सकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?