
१० जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिऔनबाट एक जनालाई पक्राउ गरेको छ ।
बुधबार साँझ इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिकाकी विमला विष्टलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा बुझाउन ल्याएको छ ।
विमलासहितको गिरोहले विभिन्न व्यक्तिलाई अमेरिका, फ्रान्स लगायतको देश पठाइदिन्छु भनी ६ करोड रुपैयाँ भन्दा बढी रकम लिएको पाइएको प्रहरी स्रोतको दाबी छ । यो गिरोहको प्रमुख योजनाकारसहित अन्य केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4