+
+

सामसङ इनोभेसन क्याम्पसको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १७:३२

काठमाडौं । सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स सम्पन्न गरेको छ । प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् ।

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीको उपस्थितिमा क्याम्पसले विद्यार्थीहरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रममा सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख माननीय सुंगजुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधरराम जोशीको पनि उपस्थिति रहेको थियो ।

‘पहिलो ब्याचका विद्यार्थीहरुले कोडिङ र प्रोग्रामिङ कोर्स पुरा गराउन पाउँदा हामी धेरै उत्साहित भएका छौं। हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौं । हाम्रो उद्देश्य सधैं सक्षम नेपाली युवाहरूलाई भविष्यका लागि राम्रोसँग अनुकूल बनाउनु र नेपालको बढ्दो अर्थतन्त्रमा विशेष गरी आविष्कार र प्रविधिको सन्दर्भमा योगदान पुर्‍याउने रहेको छ’ पार्कले भने ।

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो । यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना रहेको छ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने विश्वास छ।

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई  प्राध्यापक एवम् डीन डा. शशिधर राम जोशीले धन्यवाद दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?