+
+

सात वर्षपछि नेपाली रक ब्याण्ड मुकुटले पुनरागमन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १६:५६

काठमाडौं । सात वर्षपछि नेपाली रक ब्याण्ड मुकुटले स्टेजमा पुनरागमन गर्ने पक्का भएको छ । शनिबार बालुवाटारको सेड्स रेस्टुरेन्टमा ब्याण्ड सदस्यले लाइभ प्रस्तुति दिने तय भएको छ । ब्याण्डले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘मुकुट रि–युनियन शो’ आयोजना हुन लागेको उल्लेख गरेको हो ।

उक्त कन्सर्टमा मुकुटबाहेक सलिल सुवेदी र सोमिया बराइलीले पनि अतिथि प्रस्तुति दिने भएका छन् । सुवेदी नेपालका प्रख्यात डिजेरिडु वादक हुन्, जसले भर्खरै आफ्नो क्यानडा भ्रमणको क्रममा आफ्नो पहिलो एल्बम ‘हिली बिली’ रिलिज गरेका छन् । उनले दुई दशकभन्दा बढी समयदेखि स्थानीय संगीतमा फ्युजन गर्दै आएका छन् ।

गायिका बराइली फिल्म ‘रेशम फिलिली’को चर्चित गीत ‘जालमा’ गायनसँगै एकाएक चर्चित भइन् । उनले हालै ठमेलस्थित एलओडी क्लबमा एकल प्रस्तुतिसँगै बेलायती गायिका एडेललाई ट्रिब्युट दिएकी थिइन् ।

काठमाडौंको रक ब्याण्ड मुकुट २०५६ सालमा स्थापना भएको थियो । रोशन कुँवर (मुख्य गिटारवादक) र गिरीश सुवेदी (मुख्य गायक)ले मिलेर गठन गरेका थिए । ब्याण्डले ‘मरुभूमि’ (२००४) र ‘जंगली’ (२०१३) नामक दुई एल्बम सार्वजनिक गरिसकेको छ ।

मुकुटले दशरथ रंगशाला (सन् २००६)मा बम्बे वाइकिंग्स र सन् १९७४ एडीसँगै प्रस्तुति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?