+
+

पीएसजी लिग वान च्याम्पियन, मेसीको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १०:२६

१४ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिओनल मेसीको कीर्तिमानी गोल मद्दतमा स्ट्राबोर्ग विरुद्ध १–१ को बराबरी खेल्दै पीएसजी एक खेल अगावै लिग च्याम्पियन बनेको हो ।

पीएसजीले लगातार दोस्रो पटक र समग्रमा ११ औं पटक लिग जितेको हो । पीएसजीले सेन्ट एटिएनलाई पछि पार्दै सर्वाधिक उपाधि जित्ने कीर्तिमान पनि बनायो । पछिल्लो एक दशक पीएसजीले ९ पटक लिग जितेको छ । २०१६–१७ मा मोनाको र २०२०–२१ मा लिलले फ्रेन्च लिग जितेको थियो ।

स्ट्रासवर्ग विरुद्ध गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका मेसीले युरोपको शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए । मेसीले किलिएन एमबाप्पेको पासमा ५९औं मिनेटमा गोल गरेका थिए । जुन युरोपमा उनको ४९६ औं गोल हो । उनले ४९५ गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।

पीएसजीका लागि मेसीको यो ३२औं गोल हो र यही अन्तिम गोल पनि हुनसक्ने सम्भावना छ । किनकी मेसीले अर्को सिजन पेरिस छाड्ने सम्भावना धेरै छ ।

स्ट्रासवर्गका लागि केभिन गमेइरोले ७९औं मिनेटमा बराबरी गोल फर्काए । तर पीएसजीलाई उपाधि जित्नबाट रोक्न सकेन ।

३७ खेलबाट पीएसजीको ८५ अंक छ र दोस्रो स्थानको लेन्सको समान खेलबाट ८१ अंक छ । पीएसजीले लिगको अन्तिम खेल हारे पनि लेन्सले भेट्ने छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?