+
+

लुटन टाउन पहिलो पटक प्रिमियर लिगमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १०:३३

१४ जेठ, काठमाडौं । लुटन टाउन प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्याण्डको दोस्रो श्रेणीको क्लब फुटबल च्याम्पियनसिप प्ले अफ फाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै लुटन पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको हो ।

सन् १९९१-९२ को सिजन इंग्लयाण्डको फस्ट डिभिजन खेलेको लुटन त्यसबेला रेलिगेट भएको थियो । १९९२-९३ मा प्रिमियर लिग सुरु भयो । ३१ वर्षपछि लुटन प्रिमियर लिगमा बढुवा हुँदै शीर्ष डिभिजनमा फर्केको हो ।

आर्थिक समस्याका कारण ९ वर्षअघिसम्म पाँचौ श्रेणीको फुटबल खेलिरहेको लुटनले त्यसपछि भने नाटकीय शैलीमा प्रिमियर लिगसम्मको यात्रा तय गरेको हो ।

प्लेअफ फाइनलमा निर्धारित र थपिएको अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । जहाँ लुटनले बाजी मार्‍यो ।

१२औं पेनाल्टी प्रहार गरेका कोभेन्ट्रीका कानकाटी डाभोको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि लुटन विजयी भएको हो ।

त्यसअघि जोर्डन क्लार्कले २३ औं मिनेटमा गोल गर्दै लुटनलाई अग्रता दिलाएका थिए भने ६६ औं मिनेटमा गुस्ताभो हामेरले कोभेन्ट्रीका लागि बराबरी गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?