+
+

आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते ११:०७

१४ जेठ, काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ ।

साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ ।

यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।

गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो ।

चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ ।

यी दुईबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ । जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ ।

गत सिजन गुजरातले दुवै खेलमा चेन्नाइलाई हराएको थियो । यस सिजन पनि घरेलु मैदानमा भएको पहिलो खेलमा गुजरातले चेन्नाइलाई पराजित गरेको थियो । चेन्नाइले घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा भने गुजरातलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?