+
+

सरकारी कर्मचारीको दादागिरी : ड्याममा खसेको मोबाइल खोज्न २१ लाख लिटर पानी बगाए !

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १३:५०

भारतको छत्तिसगढस्थित काँकेर जिल्लामा कार्यरत एकजना खाद्य निरीक्षकले बाँधमा खसेको आफ्नो मोबाइल खोज्नका लागि उक्त बाँध खोलेर २१ लाख लिटर पानी बगाइदिए।

यो घटना सार्वजनिक भएसँगै ठूलै तहल्का मच्चियो र काँकेर जिल्लाका कलेक्टरले तत्कालै राजेश विश्वास नामका ती खाद्य निरीक्षकलाई निलम्बन गरे।

तर यसैबीच खाद्य निरीक्षक विश्वासको यस्तो तस्वीर सार्वजनिक भएको छ जसले उनलाई थप विवादमा पानृ सक्दछ। तस्वीर हेर्दा लाग्छ कि उनी ऐशआरामको लग्जरी जिवनका शौखिन छन्।

सार्वजनिक भएका उनका तस्वीरमा उनको कम्मरमा पेस्तोल देखिन्छ भने गलामा सुनको ठूलो चेन झुण्डिएको छ। महंगा गाडीमा मोजमस्ती गरेका तस्वीर पनि छन् उनका।

काँकेर जिल्लाको पखांजूरमा खाद्य निरीक्षक पदमा कार्यरत राजेश हालै आफ्ना साथीहरुसँग परलकोट जलाशयमा पार्टी गर्नका लागि गएका थिए। सेल्फी लिने क्रममा परलकोट जलाशयमा उनको महंगो स्मार्टफोन खस्यो।

 

जलाशयमा खसेको मोबाइल भेटिने सम्भावना त शून्य बराबर नै थियो। तर गुण्डा प्रवृत्तिका राजेशले तत्कालै जलाशयका कर्मचारीलाई थर्काएर त्यहाँको पानी निकाल्न लगाए। त्यसका लागि लगातार ३ दिनसम्म पम्प लगाएर सो ड्यामको करीब २० लाख लिटर पानी निकालियो। अन्ततः पिँधमा रहेको आफ्नो फोन निकाल्न उनी सफल भए।

फोन त भेटियो, तर उनको त्यो हर्कत क्षम्य थिएन। त्यसैले जिल्ला अधिकारीले उनलाई पदबाट निलम्बन गरेका छन्।

पछिल्लोपटक पेस्तोल सहितका उनका पूराना तस्वीरहरु भाइरल बनेपछि उनी थप समस्यामा परेका छन्। प्रहरीले अनुसन्धानका लागि उनलाई सूचना जारी गर्नसक्ने बताइएको छ।

कम तलब भएका एकजना सरकारी अधिकारीले जर्मन पेस्तोल, महंगा गाडी, मोटो सुनको सिक्री लगायतका भव्य जिवनशैली देखाएसँगै उनीमाथि कडाईका साथ छानविन गर्न माग भैरहेको।

छत्तिसगढका मुख्यमन्त्रीले समेत ती व्यक्तिमाथि यथोचित कारवाही हुने बताइसकेका छन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?