+
+

गौशालाकी उपमेयर भन्छिन् : मेयरको मान्छेबाट ज्यान खतरामा छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते २०:२०

१७ जेठ, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले मेयर डा. दिपेन्द्र महतो निकटका व्यक्तिहरुलाई आफूलाई सुरक्षा खतरा रहेको बताएकी छन् ।

मेयरको कानुन विपरीतका काममा सहयोग नगर्दा आफन्त र निकटका व्यक्तिहरुमार्फत ज्यान मार्ने धम्की दिएको उपमेयर महतोले बताइन् ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरेर उपमेयर महतोले गौशाला नगरपालिका २ निगौलमा निजी जग्गामा सार्वजनिक धर्मशाला बनाउन लाग्दा परेको उजुरीमाथि छलफलको क्रममा आफूमाथि आक्रमण प्रयास भएको बताइन् । गौशालाका मेयर डा. दिपेन्द्र महतो थमन विक हत्या प्रकरणमा निलम्बित एमालेका प्रधितिनिधसभा सदस्य लक्ष्मी महतो कोइरीका छोरा हुन् ।

वडा नं. २ का वडाध्यक्ष र मेयर महतोका आफन्त सुरेन्द्र महतोले आफ्नो कार्यकक्षमै मंगलबार दिउँसो आक्रमणको प्रयास गरेको उपमेयर रेणुकुमारीले बताइन् ।

‘छलफलमा वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले मेरो ज्यान मार्ने प्रयास गरे’ उपमेयर महतोले भनिन् ‘मेयरले अनैतिक कार्यमा आफू पनि संलग्न हुने र मलाई पनि संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि संघातिक आक्रमणमा उत्रिएका हुन् ।’

उपमेयर महतोका अनुसार गौशाला नगरपालिकाको वडा नं. २ निगौलमा निजी व्यक्तिको हकभोगको जग्गामा नगरपालिकाबाट विनियोजित ३० लाख रुपैयाँ बजेट कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीले न्याय निरुपणका लागि लेखी पठाएको छ । त्यसमा न्यायिक समितिमा छलफल गराउँदा ज्यान नै जोखिममा परेको उनको भनाइ छ ।

‘वडा अध्यक्षले मलाई धम्क्याउँदै तेरो के अधिकार छ ? निगौलमा किन गइस् छानविन गर्न, अब देखिगइस् भने हातखुट्टा भाँचिदिन्छु भन्दै हातपातमा उत्रदै नगरपालिका प्राङ्गणमा टोले गुण्डाहरु बोलाएर अपराधिक परिस्थितिको सिर्जना गरेको छ’ उपमेयर रेणुकुमारीले भनिन् ।

उनले आफू असुरक्षित महसुस गरेपछि प्रहरीलाई जानकारी गराएको र पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको बताइन् । न्यायिक समिति संयोजकको हैसियतले नागरिकलाई न्याय निरुपण गर्नुपर्नेमा आफूलाई नै मेयरले न्याय माग्नुपर्ने अवस्थामा पु¥याएको उनको दुखेसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?