+

ग्यास्ट्रिक निको पार्ने घरेलु उपाय के छन् ?

२०८० जेठ  २४ गते १८:२६ २०८० जेठ २४ गते १८:२६
ग्यास्ट्रिक निको पार्ने घरेलु उपाय के छन् ?

ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, नपच्ने पेटको माथिल्लो भाग दुख्ने, पेट फुल्ने, ढ्याउ आउने, छाती तथा पेट पोल्ने समस्या हुन्छ । यसैगरी अमिलो डकार आउने, कब्जियत हुनेदेखि बढ्दै गएमा अल्सरसम्म हुनसक्छ ।

पिरो, चिल्लो, अम्लीयपन भएका, मसालेदार, नुनिलो खानेकुरा धेरै खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ । खाना खाने तालिका नमिल्दा पनि ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिक निको बनाउन आयुर्वेदले केही घरेलु उपचार सुझाएको छ ।

घरेलु उपचार

पुदिना : पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । यसले पाचनशक्ति बढाउने काम गर्छ । बिहान बेलुका पुदिनाको जुस वा अचार बनाएर खाँदा ग्यास्ट्रिकको समस्या कम हुन्छ ।

कागती : तातो पानी वा चिसो पानीमा बिहान बेलुका कागती राखेर पिउँदा ग्यास्ट्रिकको समस्या समाधानमा फाइदा पुग्छ ।

पुदिना : पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । त्यस्तै यसलाई बिहान बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।

अमला पाउडर : दैनिक अमला पाउडर तातो वा चिसो पानीमा मिसाएर दिनको दुई पटक सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सके अझ ग्यास्ट्रिकको समस्याबाट मुक्त गर्न मद्दत गर्छ ।

दालचिनी : मसलाको रुपमा घरमा प्रयोग गर्ने दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।

दही र मोही : दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।

त्रिफला : त्रिफलाले पाचन शक्ति बढाउन, कब्जियत हटाउन मद्दत गर्छ । जसले ग्यास्ट्रिक कम हुन्छ । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । यो गर्भवती अवस्थामा सेवन गर्नु हुँदैन ।

जेठी मधु : तातोपानीमा जेठी मधु घोलेर बिहान बेलुका सेवन गर्ने, खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नुपर्छ ।

बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

जटिलता

अल्सर बिग्रिंदै गएर रगत नै बान्ता समेत हुन सक्छ । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले शरीरमा रगत, क्याल्सियमको कमी हुन सक्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

(आयुर्वेदिक चिकित्सक डा. केशरी टेकुस्थित जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

ग्यास्ट्रिक घरेलु उपाय
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय