+

ब्रेन ट्युमर भएको कसरी थाहा पाउने ?

२०८० जेठ  २५ गते १७:१६ २०८० जेठ २५ गते १७:१६
ब्रेन ट्युमर भएको कसरी थाहा पाउने ?

मस्तिष्कमा अरबौं कोष हुन्छन् । यी कोषकै मद्दतले दिमागले काम गर्छ । तर तीनै कोषिकाको नियन्त्रण बिग्रिंदा दिमागको कोष नष्ट हुँदै जान्छ र क्यान्सरको रुपमा फैलिन थाल्छ । यस्तो अवस्थालाई ब्रेन ट्युमर भएको भनेर बुझिन्छ । यो ट्युमर एक किसिमको प्राणघातक रोग हो ।

तर यसको बेलैमा पहिचान तथा उपचार भएमा बच्न पनि सकिन्छ । यसको संकेतलाई देखिंदा पनि पहिल्याउन नसक्दा ढिलाइ हुन सक्छ । त्यसैले समयमै संकेत र रोगबारे जानकार भएमा बच्न सकिन्छ । त्यसैले यस रोगबारे जागरुक गराउन हरेक ८ जुन अर्थात् आज विश्व ब्रेन ट्युमर दिवस विभिन्न कार्यक्रम गरी विश्वव्यापी रुपमा मनाइने गरिन्छ ।

यस्ता छन् ब्रेन ट्युमरका १० संकेत

१. ब्रेन ट्युमर भएमा अत्यधिक टाउको दुखिरहने गर्छ । जसबाट आराम पाउन औषधि खाँदा पनि निको हुँदैन । लगातार टाउको दुखिरहेमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

२. आँखामा समस्या हुनु पनि ब्रेन ट्युमरको एक लक्षण हो । लगातार आँखा दुख्ने, धमिलो देख्ने र रङ छुट्याउन कठिन भएमा बेवास्ता गर्नु हुँदैन ।

३. शरीरमा कुनै किसिमको झट्का महसुस हुनु, बिना कारण एक्कासि रिंगटा लाग्नु र शरीर काम्नु यो रोगको लक्षण हुन सक्छ ।

४. कहिलेकाहीं एक ठाउँमा सामान राखेर भुल्ने गरिन्छ । जुन धेरैलाई हुन सक्छ । यो सामान्य हो । तर पटक–पटक स–साना कुरा पनि बिर्सिने गरेमा ब्रेन ट्युमरको लक्षण हुन सक्छ । साथै निद्रामा पनि समस्या देखिन सक्छ ।

५. दिमागलाई आराम मिलेन भने अनुहार सुन्निन थाल्छ । शरीर र दिमागलाई आराम नै मिलेको अनुभूति हुँदैन भने तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ ।

६. ब्रेन ट्युमर दिमागमा हुन्छ । दिमागले नै शरीरलाई पूर्णरुपले नियन्त्रण गरिरहेको हुन्छ । तर ब्ल्याडरमा भने यसको नियन्त्रण हुँदैन । जसकारण बान्ता हुने, बेहोस हुने र कमजोरीको समस्या देखिन्छ ।

७. ब्रेन ट्युमर भएमा अनुहारको रङ पनि परिवर्तन हुन थाल्छ । कहिलेकाहीं छालामा बैजनी, कहिले सेतो, नीलो, हरियो रंग देखिन थाल्छ । यस्ता लक्षण देखिएमा हल्का रुपमा लिनु हुँदैन ।

८. धेरै पटक टाउकोको नसा चड्किएको जस्तो हुनु र अत्यधिक दुखाइ भएमा व्यक्तिले आफूलाई नियन्त्रण गर्न सक्दैन । कतिपयलाई ट्युमरको कारणले पनि यस्तो समस्या देखिन सक्छ ।

९. घाँटीमा केही अड्किएको जस्तो हुनुका साथै शरीरको वजन पनि लगातार बढ्दै गएमा सावधान हुनु जरुरी छ ।

१०. यदि बोल्ने र सुन्ने क्षमतामा समस्या भएमा चिकित्सकलाई देखाउनुपर्छ । यस्तो समस्या ब्रेन ट्युमरको संकेत हुन सक्छ ।

एजेन्सीको सहयोगमा

ब्रेन ट्युमर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय