 
																			२९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा चयन भएका छन् ।
गत शनिबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले थापालाई विभागको प्रमुख चयन गरेको जसपाको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
थापासँग लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हालेको अनुभव छ । बैठकले विभागको सचिवमा भरत गुरुङ, सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिष कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।
जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यस अघि गठन गरिसकेको छ भने अन्य विभागहरु गठन भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4