+
+

विजय वर्मासँग प्रेममा छिन् ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १६:३६

काठमाडौं । भारतीय सेलिब्रिटीहरु तमन्ना भाटिया र विजय वर्माले केही समयदेखि डेटिङ गरिरहेको हल्ला थियो । अब भने यो हल्ला यथार्थ पुष्टि भएको छ । अफवाहलाई पुष्टि गर्दै तमन्नाले आफू र विजय फिल्म ‘लस्ट स्टोरिज २’ को छायांकन सेटबाटै अफेयरमा रहेको बताएकी छन् ।

यो एन्थोलोजी फिल्ममा विजय र तमन्नाले स्क्रिन सेयर गरेका छन् । अमित रविन्द्रनाथ शर्मा, कोंकणा सेनशर्मा, आर बाल्की र सुजोय घोषले निर्देशन गरेको उक्त फिल्ममा काम गर्दा दुई स्टारले पहिलो पटक एकअर्कालाई भेटेका थिए ।

एक अन्तर्वार्तामा तमन्नाले भनेकी छन्, ‘मलाई लाग्दैन कि तपाईं कसैको को-स्टार भएकाले मात्रै तिनीप्रति आकर्षित हुन सक्नुहुन्छ । मसँग धेरै सहकलाकार छन् । मलाई लाग्छ यदि कोही कसैको लागि प्रेममा पर्छ र प्रेम महसुस गर्छ भने यो पक्कै निजी कुरा हो । यो कुरालाई कसैले मतलब गर्नुपर्छ भन्ने लाग्दैन ।’

विजयको बारेमा कुरा गर्दै उनले भनिन्, ‘उहाँ त्यस्तो व्यक्ति हो, जसलाई म साँच्चै हेर्छु । जससँग मैले विशुद्ध रुपमा प्रेम गरेकी छु । उहाँ मप्रति पनि समर्पित हुनुहुन्छ ।’

गोवामा नयाँ वर्षको पार्टीमा चुम्बन गरेको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि उनीहरूबीच अफेयरको चर्चा सुरु भएको थियो । त्यसयता दुवैले आफ्नो सम्बन्धबारे मौनता कायम राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?