+
+

नेपालमा के गर्दैछिन् ईशा गुप्ता ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १६:२०

काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्वमिस इण्डिया इन्टरनेशनल ईशा गुप्ता यतिबेला नेपालमा छिन् । उनले सामाजिक सञ्जालमा एक प्रफुल्ल तस्वीर सेयर गर्दै मुस्कान छरेकी छन् । तस्वीरमा हाँसोसहित उनको ऊर्जा महसुस गर्न सकिन्छ । तस्वीर हेर्दा लाग्छ उनी नेपालको प्रेममा सम्मोहित छिन् ।

मनमोहक सौन्दर्य र न्यानो आतिथ्यका लागि संसारमा परिचित नेपालमा भारतीय अभिनेत्रीले हाँसो छरेकी हुन् । क्राइम थ्रिलर फिल्म ‘जन्नत’बाट बलिउडमा डेब्यु गरेकी ईशाले धेरै कुरा त खुलाएकी छैनन् तर उनी नेपालमा घुमघाम गरिरहेकी छन् । इन्स्टाग्राम पोस्टमा उनी एक रेस्टुरेन्टमा बसेर हाँसिरहेको देख्न सकिन्छ ।

उनको नीलो पन्नाको औंठी स्पष्ट देख्न सकिन्छ । कालो नूडल स्ट्रयाप र घाँटीमा टप लगाएकी उनी सुन्दर देखिएकी छन् । हल्का मेकअपमा खुलेकी उनले कपाललाई खुला छाडेर मादकता पस्किएकी छन् ।

कामको कुरा गर्दा ईशा अभिनित फिल्म ‘हेराफेरी ३’ निर्माणको तयारीमा छ भने ‘देशी म्याजिक’ पोष्ट प्रोडक्सनमा छ । ईशा बलिउडमा बोल्ड फोटो र दृश्यका कारण पनि चर्चित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?