+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १६:५७

१ असार,  काठमाडौं। महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले एसएसपी पाललाई ६ महिना निलम्बन गरिएको गृहको पत्र प्रहरी प्रधान कार्यालय आइपुगेको बताए।

डिआइजी कडायतले अनलाइनखरबसँग भने, ‘ गृहमन्त्रालयबाट उहालाई ६ महिनाको लागि निलम्बन गरेको पत्र प्राप्त भइसकेको छ। हामीले सम्बन्धित निकायमा पठाइसकेका छौं।’

एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्। उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए।

पालले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उनीविरूद्द उजुरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?