+
+

असार २३ गते बस्ने भनिएको माओवादी बैठक साउन १७ गतेलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १६:३४

१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको असार २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय कार्य समिति बैठक सरेको छ ।

बैठक साउन १७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्ने माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

सबै प्रदेशहरुमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छौट गर्नुपर्ने कारणले बैठक सारिएको उनले स्पष्ट पारेका छन् ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने माओवादीले जनाएको छ ।

बैठकमा मसामयिक विषय र विचार मिल्नेसँग पार्टी एकता गर्ने विषयमा पनि छलफल गर्ने माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?