+
+

विश्वविद्यालयको प्रवेश परीक्षामा २७औँ पटक फेल

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १४:२८

काठमाडौं । चीनका एकजना करोडपति व्यापारी विश्वविद्यालयको प्रवेश परीक्षामा २७ औँ पटक फेल भएका छन् ।

शुक्रबार घोषित नतिजाा ५६ वर्षीय लियांग शी ले ७ सय ५० पूर्णांकमा जम्मा ४२४ नम्बर ल्याएर अनुत्तिर्ण भएका छन् ।

चीनको कुनैपनि विश्वविद्यालयमा भर्नाका लागि न्यूनतम ४५८ नम्बर ल्याउनै पर्दछ ।

यो वर्षको विश्वविद्यालय प्रवेश परीक्षामा चीनमा कूल १ करोड ३० लाख विद्यार्थीहरु सहभागी भएक ाथिए ।

उच्च शिक्षा हासिल गर्ने सपना लिएर २७ औँ पटक सम्मपनि असफल हुने करोडपति लियांगको कथा स्थानीय मिडियाहरुमा प्रकाशित भएको छ ।

लियांगले सन् १९८३ देखि नै विश्वविद्यालयको प्रवेश परीक्षा दिन थालेका हुन् । यो पटक पास हुने आशा उनलाई थियो । तर फेल भएपछि भने उनी निकै निरास भएका छन् । उनलाई लागेको छ कि अब सायद विश्वविद्यालयमा पढ्ने आफ्नो सपना कहिल्यै पूरा हुँदैन होला ।

सिचुआनका बासिन्दा लियांगले चिनिया मिडिया तियानमू न्यूजसँग भनेका छन् ः मलाई लाग्थ्यो कि मैले यो परीक्षा पास गर्नसक्छु । तर अब भने म पूर्णरुपमा निरास भैसकेको छ ।

चीनमा गाओकाओ भनिने विश्वविद्यालयको प्रवेश परीक्षा निकै कठीन परीक्षा मानिन्छ । सरकारी तथ्यांक अनुसार सन् २०२१ मा केवल ४१.६ प्रतिशत परीक्षार्थीहरु मात्र यो परीक्षा पास गरेर विश्वविद्यालय तथा कलेजहरुमा भर्ना हुने अवसर प्राप्त गरे ।

व्यापारमा सफल तर…

सन् १९५० को दशकदेखि नै चीनको शिक्षा प्रणालीमा प्रवेश परीक्षाको विषय केन्द्रीय मुद्दा बन्दै आएको छ । यद्यपि चिनिया सांस्कृतिक क्रान्तिका क्रममा यस्तो प्रवेश परीक्षालाई निलम्बन गरिएको थियो ।

लियांगका अनुसार उनले एक प्रतिष्ठित विश्वविद्यालयमा भर्ना भएर अध्ययन गर्ने र एकजना बुद्धिजिवी बन्ने सपना देखेका थिए ।

पहिलोपटक सन् १९८३ मा १६ वर्षको उमेरमा उनले योे परीक्षा दिएका थिए । सन् १९९२ सम्म उनले विभिन्न खालका जागिर गर्दै हरेकवर्ष आवेदन गरे तर सफल हुन सकेनन् । सन् १९९२ मा त प्रवेश परीक्षा दिन पाउने उनको उमेर नै कट्यो ।

सन् १९९० मा आफुले काम गरिरहेको कारखाना टाट पल्टिएपछि उनले सोही वर्षदेखि काठको होलसेल व्यापार सुरु गरे ।

त्यसपछि उनी छिटै नै एकजना असफल छात्रबाट एक सफल व्यापारी बने । एकवर्षमै उनले १० लाख युआन कमाउन सफल भए र त्यसपछि निर्माण सामाग्रीको व्यवसाय सुरु गरे ।

तर सन् २००१ मा चीन सरकारले गाओकाओ अर्थात् विश्वविद्यालयको प्रवेश परीक्षाको लागि उमेरको हद खारेज गरिदियो । त्यसपछि चाहीँ उनले पुनः प्रवेश परीक्षा दिन थाले ।

अर्कोवर्ष फेरि परीक्षा दिने

२७ औँ पटकसम्म पनि प्रवेश परीक्षामा असफल हुँदा समेत लियांगको हिम्मत कम भएको छैन । जीवनमा एकपटक प्रवेश परीक्षामा जसरी पनि पास हुने अठोट उनको छ ।

सन् २०१४ मा उनले एक स्थानीय पत्रिकासँग भनेका थिए ः यदि तपाइँ कलेज जानुहुन्न भने त्यो निकै लज्जाको विषय हो । उच्चशिक्षा विना तपाइँको जिवन अपूर्ण बन्छ ।

प्रवेश परीक्षाको तयारीमा उनले पूरै ध्यान केन्द्रित गर्दछन् र त्यसका लागि खेलकुद र अन्य जमघटबाट समेत टाढै रहेका छन् ।

पछिल्लोपटकको असफलताले उनले साँच्चीकै हारेको महसुस गरे र अब के परीक्षा दिने कामलाई जारी राख्ने त भन्ने सोँच्न थालेका थिए । तर उनले अर्कोवर्ष पुनः प्रवेश परीक्षा दिने सोँच बनाएका छन् । यदि अर्कोवर्ष पनि परीक्षामा फेल भएमा आफ्नो थर नै हटाइदिने उनको घोषणा छ। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?