+
+

वेल्सका लागि खेल्न चाहन्छन् किबान राई

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:१४

१५ असार, काठमाडौं । नेपाली मुलका किबान राई इंग्ल्याण्डको चौथो श्रेणीको क्लब न्यूपोर्ट काउन्टीमा अनुबन्ध भएको खबरले नेपाली फुटबल समर्थकहरुलाई उत्साहित बनायो ।

स्वभाविक हो, इंग्लिस फुटबल लिग वा प्रिमियर लिगको क्लबसँग व्यावसायिक सम्झौता गर्ने पहिलो नेपाली मुलका फुटबलर थिए उनी । भर्खर १८ वर्षका उनी भोलिका दिन अझ चम्किन सक्छन्, जसको लाभ नेपालले पनि लिन सक्छ ।

किनकी उनको नेपालसँगको नाता नजिकको छ । उनका बाबु गोर्खा सैनिक हुन् र उनी पनि आफूलाई हुर्काइबढाइका कारण नेपाली संस्कृतिसँग निकै नजिक पाउँछन् ।

अट्याकिङ मिडफिल्डर किबानले भोलि देशका लागि खेल्नुपर्दा नेपाल रोज्लान कि वेल्स ?

बीबीसीसँग कुरा गर्दै उनले आफ्नो प्राथमिकता वेल्सबाट खेल्ने भएको बताएका छन् । ‘म ब्रेकनमा जन्मिए, ब्रेकनमै हुर्किएँ । त्यसैले एक दिन वेल्सका लागि खेल्ने मेरो सपना छ’, उनी भन्छन्, ‘तर म मेरो नेपाली प्रशिक्षसँग पनि नजिक छु ।’
वेल्सको शहर ब्रेकनमा आर्मी क्याम्प छ, जहाँ उनका बुबा गजले २२ वर्ष सेवा गरेका छन् ।

ब्रेकनमा जन्मिएका किबानले सानै उमेरमा फुटबल खेल्न थाले । न्यूपोर्ट यू–१६ मा ट्रायल दिनुअघि उनी मर्थर एकेडेमीमा थिए । उनले २०२३ मार्चमा स्कलरसिप पाए, अनि सिनियर टिममा डेब्यू गरे । गत सिजन तीन खेलमा अवसर पाए, जसमध्ये लिग टूमा उक्लिएको दिन सुरुवाती ११ मै अवसर पाए ।

उनी आफ्नो फुटबललाई लिएर नेपालमा छाएको खुसीबारे पनि अपडेट छन् । ‘मलाई यस्तो कुरा धेरै मन पर्दैन, तर मेरो बुबाममीले सुनाउनुहुन्छ । जब उहाँहरुले भन्नुहुन्छ, म पनि सरहाना गर्छु’ हाँस्दै भन्छन्, ‘तर मेरो लागि मुख्य ध्यान काममा केन्द्रित हुने, बिन्रम रहने र कडा मेहनत गर्ने हो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?