+
+

जग्गा पास गराइदिन्छु भनी २ करोड ठगेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १८:०४

२२ असार,  काठमाडौं । प्रहरीले  कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी  हक भोग नलाग्‍ने जग्जा पास गराइदिन्छु  भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्‍ने ५२ वर्षीय प्रफुल्ल भन्‍ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका-२९ नै बस्‍ने अर्का २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।

उनीहरुलाई काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले छायाँ कम्प्लेसबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले दिपेश रत्न शाक्य बुद्धाचार्यलाई अर्काको नाममा दर्ता श्रेष्ता कायम रहेको विभिन्‍न स्थानका जग्गाहरु कानुन विपरीत हक नपुग्‍ने भन्दै व्‍यक्तिको नाममा भएको छुट जग्गा दर्ता गरी कानुन विपरीतका कागजातहरु बनाई पटक-पटक गरी २ करोड ८८ लाख रुपैयाँ लिई सम्पकर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?