+
+

लस एन्जलसमा रायन गोस्लिङ स्टारर ‘बार्बी’को विश्व प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १३:१९

काठमाडौं । आगामी साउन ५ गते नेपालमा पनि हलिउडको प्रतीक्षित फिल्म ‘बार्बी’ प्रदर्शन हुँदैछ । नेपाली समयानुसार सोमबार बिहान रायन गोस्लिङ स्टारर यो फिल्मलाई अमेरिकाको लस एन्जलसमा विश्व प्रिमियर गरिएको छ । प्रिमियरलगत्तै फिल्मको समीक्षा पनि बाहिर आउन थालेको छ ।

फिल्म प्रिमियरपछि केही फ्यान र हलिउड मिडियाले यो फिल्मबाट अभिनेता गोस्लिङले ओस्कार अवार्ड जित्नुपर्ने तर्क गरिरहेका छन् । प्रिमियर समारोहमा कलाकारहरु मार्गोट रोबी, इसा रे, रायन गोस्लिङ र दुआ लिपा लगायत चर्चित स्टारहरु सहभागी भए । धेरै स्टार पूर्णरुपमा गुलाबी रङको बार्बी डलको लुक्स प्रेरित समारोह देखेर चकित समेत भए ।

यो काल्पनिक फिल्म अमेरिकी खेलौना निर्माण कम्पनी म्याटेलको बार्बी फेसन पुतलीमा आधारित छ । यसलाई ग्रेटा गेर्विगले निर्देशन गरेकी हुन् । फिल्मको कथाअनुसार बार्बी र केन ‘बार्बी ल्याण्ड’बाट निष्कासन भएपछि कसरी वास्तविक संसारको खोजीमा निस्कन्छन् भन्ने कथावस्तुमा आधारित छ ।

प्रदर्शनको तयारी रहेको यो फिल्ममा रायन गोस्लिङ र मार्गोट रोबी शीर्ष अभिनेता र अभिनेत्रीको भूमिकामा छन् । फिल्ममा मार्गोट बार्बीको भूमिकामा छन् भने रायनले बार्बीको प्रेमी केनको भूमिका चित्रण गरेका छन् ।

प्रिमियरको कुरा गर्दा वितरण कम्पनी वार्नर ब्रोजले केही सीमित दर्शकलाई छनोट गरेर फिल्म देखाएको थियो । सामाजिक सञ्जालमा प्रतिक्रियाको लहर छाएको छ । स्क्रिनरान्ट पोर्टलका लेखक जोसेफ डेकेलमेयरले फिल्मलाई ‘रमाइलो, हृदय छुने र धेरै स्मार्ट’ भनेका छन् । उनले रोबीको अभिनयलाई महान् भन्दै फिल्म विशुद्ध मनोरन्जक रहेको बताए । कोलाइडरका लेखक पेरी नेमिरोफले फिल्मको शिल्प कौशल, विशेषगरी पोशाक र उत्पादन डिजाइनको प्रशंसा गरे । कमिकबुकका लेखक जेमी जिराकले फिल्मलाई उनको ‘वर्षको मनपर्ने फिल्म’ रहेको बताए ।

तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?