+
+

लिभरपुलका कप्तान जोर्डन साउदी क्लब अल इत्तेफाकमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १३:२९

४ साउन, काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरसन साउदी क्लब अल इत्तेफाकमा आबद्ध हुने भएका छन् ।

लिभरपुल कप्तान हेन्डरसनलाई १२ मिलियन पाउण्ड भन्दा माथिको रकममा बेच्न तयार भएको हो ।

हेन्डरसन प्रशिक्षणका लागि जर्मनी गए पनि ४–२ को जितेको कार्लजुरसँगको मैत्रीपूर्ण खेल खेलेका थिएनन् ।

३३ वर्षीय इंल्यान्डका मिडफिल्डरले साउदी क्लबमा २ वर्षको सम्झौता गरेका छन् ।

केही दिनअघि मात्रै लिभरपुलका पूर्व कप्तान स्टेफन जेरार्डलाई अल इत्तफाकले म्यानेजरको रुपमा अनुबन्ध गरेको हो ।

गत शुक्रबार लिभरपुलका मिडफिल्डर फेबिन्होलाई अल इत्तेहादले ४० मिलियन पाउण्डमा अनुबन्ध गरेपश्चात हेन्डरसनलाई पनि प्रस्ताव आएको हो ।

यो ट्रान्सफर विन्डोमा हाइप्रोफाइल धेरै खेलाडी साउदी अरब गएका छन् । जसमा रियल मड्रिडका पूर्वस्ट्राइकर करिम बेन्जेमा र चेल्सीका पूर्व मिडफिल्डर एन्गोलो कान्टे पनि सामेल छन् ।

लिभरपुलका पूर्वफरवार्ड रोबर्टो फिरमिनोले एन्डफिल्डमा आफ्नो सम्झौता सकिएपछि अल अहलीमा गएका हुन् ।

म्यानचेस्टर सिटीका विंगर रियाद महरेज पनि क्लबमा आवद्ध भएका छन् ।

हेन्डरसनले लिभरपुलका लागि अघिल्लो सिजनमा ४३ खेल खेलेका छन् । तर उनको प्रदर्शन भने अपेक्षाअनुसार निस्किरहेको थिएन ।

सबै मिलाएर हेर्दा उनले रेड्सका लागि ४९१ खेल खेलेका छन् जसमा उनले ३३ गोल र ५८ असिस्ट गरेका छन् ।

२०१९ मा लिभरपुलले च्याम्पियन्स लिग जित्दा हेन्डरसन टिमको कप्तान थिए । सोही वर्ष उनले यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका थिए ।

लिभरपुलले ३० वर्षसम्म जित्न नसकेको प्रिमियर लिगको उपाधी पनि २०१९–२० मा उनकै कप्तानीमा जितेको थियो । उनले लिभरपुललाई २०२२ मा एफए कप र २०१२ र २०२२ मा लिग कप जिताएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?