+
+

पोल्‍याण्ड पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १८:५६

७ साउन, काठमाडौं ।  पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१  बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?