+
+

क्यानोनिङ गर्दा लडेर एक युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १०:५७

११ साउन, पोखरा । कास्कीमा क्यानोनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा डाक्टरले बुधबार अपराह्न ४ बजेर ५० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?