८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् ।

यो रोगको समस्या रोगप्रतिरोधात्मक क्षमता कम भएमा व्यक्तिमा धेरै देखिन्छ । मधुमेहबाट अहिले धेरै जना पीडित छन् । मधुमेहको समस्या सकेसम्म आउन नदिन केही उपाय अपनाउन सकिन्छ ।

नियमित व्यायाम गर्ने

व्यायामले रक्तप्रवाह, हार्मोन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले उच्च मेटाबोलिजम अर्थात् पाचनप्रक्रियालाई सक्रिया बनाएर शरीरमा बोसो जम्न दिइँदैन । नियमित व्यायामले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले मधुमेहको कम खतरा हुन्छ ।

न्तुलिन आहार खाने

दैनिक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन र फाइबरयुक्त खानेकुरा ठिक्क मात्रा मिलाएर खान सकिन्छ । जसले पाचनपक्रियालाई सक्रिय राखेर पेटमा बोसो जम्न दिंदैन र शरीरलाई स्वस्थ बनाउँछ ।

तौल नियन्त्रण गर्ने

शरीरमा खराब बोसो जमेर मोटोपनको समस्या हुने भएकाले तौल नियन्त्रण गर्नु जरुरी हुन्छ । त्यसैले स्वस्थ रहन र मधुमेह तथा मधुमेहले निम्त्याउने जोखिमबाट बच्न तौल नियन्त्रणमा राख्नुपर्छ ।

जंकफुड नखाने

जंकफुडमा कार्बोहाइड्रेट, चिनी, नुन, तेल, वनस्पति घिउ र केमिकलको धेरै प्रयोग हुन्छ । यसले शरीरमा फ्याट र रगतमा चिनीको मात्रा बढाउन सक्छ । जसकारण फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या हुन्छ ।

हामीले खाएको खानेकुरामा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्टलाई आवश्यकता अनुसार शरीरका विभिन्न भागमा पुर्‍याउन सक्दैन । त्यति मात्र होइन, यो क्यान्सरको कारण समेत बन्न सक्छ ।

धुम्रपान मद्यपान नगर्ने

धुम्रपान हुने निकोटिन र मद्यपानले (रक्तनली) धमनी कडा र साँघुरो बनाउने काम गर्छ । जसले शरीरमा कोलेस्टेरोल र फ्याट बढाउँछ र मुटुको धमनी पनि कडा हुन्छ । मुटुले शरीरमा राम्रोसँग रगत प्रवाह गर्न सक्दैन ।

रक्तचाप नियन्त्रण

उच्च रक्तचाप आफैंमा दीर्घरोग हो । यो पनि रक्तनलीले खराब बोसो वा चिल्लो जमेर धमनी कडा बनाउँछ । असन्तुलित खानपान, व्यायामको कमी र तनावले उच्च रक्तचापको समस्या हुने भएकाले बोसोरहित सन्तुलित खानपान गरेर यसलाई नियन्त्रणमा राख्नुपर्छ ।

तनाव नलिने

तनावले गर्दा खानपान र निद्रा नै प्रभावित हुन्छ । यसले शरीरमा इन्सुलिन उत्पादन कम हुने हुँदा मधुमेहको जोखिम हुन्छ । मानसिक तनावले शरीरबाट एडरेनल नामक ग्रान्थिबाट कर्टिसोन नामको हार्मोन निस्किन्छ । जसले पाचन थैलीबाट ग्यास्ट्रिक एसिडसहित विभिन्न खालका हार्मोन र रासायनिक पदार्थ निस्किन्छन् । यसले रगतमा चिनीको मात्रा पनि बढ्दा शरीरमा रोगप्रतिरोधी क्षमतामा ह्रास आउँछ । त्यसैले मुधमेह हुनै नदिन पनि तनावबाट पनि टाढा रहनुपर्छ ।

नियमित स्वास्थ्य जाँच

मधुमेह वंशाणुगत र लक्षणबिनाको पनि हुन्छ । त्यसैले कम्तीमा वर्षको एकपटक रगतमा सुगर लेभल परिक्षण गराउनुपर्छ । यसले शरीरमा सुगर लेभल कस्तो छ ? बढेमा पनि समयमा नै नियन्त्रण गर्न सकिन्छ । यसबाहेक बालबालिकालाई जंकफुड नदिने, शैक्षिक स्तरमा जंकफुड बन्दै गर्ने, मधुमेह तथा नसर्ने दीर्घरोगबारे जनचेतनामूलक कार्यक्रम गर्न सकिन्छ ।

(मधुमेहरोग विशेषज्ञ डा. भट्टराई महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

मधुमेह स्वास्थ्य
लेखक
डा. ज्योति भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?