+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डाटा सेन्टर स्थापना गर्ने धितोपत्र बोर्डको घोषणा

राफसाफ सुनिश्चितता कोष प्रभावकारी बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १८:५५

१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।

आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी तथ्यांक र जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेको र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।

बोर्डले धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने बताएको छ ।

बोर्डले नियमन तथा सुपरिवेक्षणलाई सूचना प्रविधि प्रणालीसँग जोड्ने नीति लिएको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणालीको प्रयोगको गर्ने अध्ययन गर्ने बताएका छ ।

बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न ‘इन्टरप्राइस रिसोर्स प्लानिङ’ सम्बन्धमा अध्ययन गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डबाट हुने अनुसन्धानहरूलाई तथ्यांकमा आधारित बनाई त्यसको ‘क्वान्टिटेटीभ एनालाइसिस’सँग जोड्दै लैजान ‘स्ट्यास्टिस्टीकल एनालाइसिस सफ्टवेयर’ खरिद गर्ने घोषणा बोर्डले गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवम् सुदृढ व्यवस्था गर्न हाल प्रयोगमा रहेको विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणालीलाई अझ सुदृढ एवम् प्रभावकारी बनाउन बोर्डको रिपोर्टिङ ढाँचालाई प्रणालीमा समावेश गरी लागु गर्ने बोर्डले जनाएको छ ।

हेर्नुहोस् पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?