+

ध्यान गर्दा के हुन्छ ?

२०८० साउन  २५ गते १४:४४ २०८० साउन २५ गते १४:४४
ध्यान गर्दा के हुन्छ ?

पछिल्लो समय ध्यान-साधनातिर मानिसहरुको आकर्षण बढिरहेको छ । सामान्य रुपमा ध्यान भनेको आँखा चिम्म गरेर बस्नु, एउटै कुरामा ध्यानकेन्द्रित हुनु, मन्त्र जप्नु, भगवानको नाम स्मरण गर्नु वा माला जप्नु भनेर हामी सोच्छौं । तर यो ध्यान होइन यो एकाग्रता मात्रै हो ।

एक आसनमा बसेर आँखा बन्द गरेर एउटै वस्तु वा विषयमा ध्यानकेन्द्रित गर्दागर्दै ध्यानको विषयसँग एकाकार हुँदा मनमा आउने आनन्द र शान्ति अनुभूतिको अवस्थालाई ध्यान भनिन्छ ।

सामान्यतया सुख, शान्ति, तनाव कम गर्न एन्जाइटी र डिप्रेसनबाट बच्न, दिमागलाई तीक्ष्ण बनाइराख्न र योगी साधकहरुले सिद्धि प्राप्तिका लागि पनि ध्यान गर्ने गर्छन् । ध्यानको अनुभूति र ज्ञान व्यक्तिपिच्छे फरक हुने भएकाले व्यक्तिमा भर पर्छ ।

कसरी गर्ने ?

ध्यान गर्दा आफूखुसी गर्नु हुँदैन । कुनै योग वा ध्यानगुरुबाट सिकेर मात्रै ध्यान गर्न थाल्नु राम्रो हुन्छ । गुरुले दिएको सुझावअनुसार नियम पालना गरी गर्नुपर्छ । जस्तै, यसमा आँखा बन्द गरेर पद्मासन लगाई ढाड, कम्मर, गर्धन सीधा राखेर ध्यानमुद्रामा बसिन्छ । त्यसपछि लामो सास लिंदा र सास फाल्दा मनमनै ‘ओम्’ शब्द दोहोर्‍याएर गर्ने गरिन्छ ।

कति बेर गर्ने ?

ध्यानको अभ्यासका लागि निश्चित समयावधि नै त तोकिएको हुँदैन । तर सुरुवाती चरणमा ध्यान साधना गर्दा १० देखि १५ मिनेट गर्न सकिन्छ । आफ्नो क्षमता अभिवृद्धिपछि विस्तारै समयावधि बढाउँदै लैजान सकिन्छ । निरन्तर दैनिक ध्यान साधना गर्ने साधकहरुले करिब दुईदेखि तीन घण्टासम्म र हाम्रा पूर्वज ऋषिहरुले वर्षौंसम्म ध्यान गर्ने गरेको शास्त्रहरुमा भेटिन्छ ।

ध्यान गर्दा के हुन्छ ?

ध्यान गर्न बस्दा हामी हरेक समस्याको समाधान पाउन थाल्छौं । ध्यानको माध्यमद्वारा जीवन जिउने कला सिक्छौं, जसले दैनिक जीवनमा आइपर्ने तनावलाई नियन्त्रण गर्ने क्षमता राख्न थाल्छौं । साधकले अभ्यासको निरन्तरतासँगै मन स्थिरता, विचारहरुमा स्पष्टता, निर्णय क्षमता, सुख, शान्ति तथा आनन्दको अनुभूति प्राप्त गर्दै जान्छ । यसले हामीलाई मानसिक रुपमा पनि शान्त राख्छ ।

यसले शरीरमा कस्तो प्रभाव पार्छ ?

ध्यानले शरीर र मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । ध्यानले मनमा कुरा कम खेल्ने, सकारात्मक र रचनात्मक सोचको वृद्धि, अनुहार र आँखामा चमक आउने, बोली नम्र हुने, अनुहार प्रसन्न र हँसिलो हुने, शारीरिक र मानसिक रुपमा निरोगी हुने कार्यमा सहयोग पुर्‍याउँछ ।

(योग ध्यान प्रशिक्षक एव सास्कृतिक अभियन्ता पौडेल हिमवत् फाउण्डेसनका अध्यक्षसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

ध्यान योगा स्वास्थ्य
लेखक
आचार्य कमल पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?