
२६ साउन, काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । ‘कसलाई फिर्ता बोलाउने भन्ने तय भइसकेको छैन’ स्रोतले भन्यो ।
तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो ।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पनि भोलि वा पर्सिसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4