+

छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

२०८० साउन  ३२ गते ११:३३ २०८० साउन ३२ गते ११:३३
Shares
छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छालाको प्रकृतिअनुसार यसलाई चार प्रकारमा विभाजन गरिएको छ । सुख्खा, तैलिया (चिल्लो), कम्बिनेसन (सुख्खा र चिल्लोको सम्मिश्रण) र संवेदनशील । यसमध्ये सबैभन्दा समस्या देखिने सुख्खा र संवेदनशील छालामा हो ।

सुख्खा छालामा चिलाउने, चाँडै एलर्जी हुने र अन्य समस्या आउँछ । संवेदनशील छालामा चायापोतो आउने जोखिम बढी हुन्छ ।  तैलिया वा चिल्लो छालामा पनि समस्या नहुने होइन । यस्तो छालामा डन्डीफोर आउने सम्भावना बढी हुन्छ । यद्यपि यसमा चिल्लोपन निकाल्ने ग्रन्थि बढी हुने भएकाले छाला मुलायम पनि देखिन्छ ।

त्यसो त छालाको प्रकृति फरक-फरक हुनुमा मौसम र वातावरणको पनि भूमिका हुन्छ । गर्मी मौसममा प्राय: छाला चिल्लो वा तैलिया हुन्छ भने जाडोयाममा सुख्खा हुन्छ ।

कस्तो क्रिम लगाउने ?

सामान्यतया सुख्खा छालामा सन प्रोटेक्सन क्रिम लगाए हुन्छ । चिल्लो छालाका लागि जेल वा चिल्लो कम भएको छिटो सुक्ने खालको मोइस्चराइजर छनोट गर्न सकिन्छ । यसमा धेरै मोइस्चराइजर प्रयोग गर्नुपर्दैन । त्यस्तै सुख्खा र चिल्लो दुवै (कम्बिनेसन) छालामा त्यसको आवश्यकताअनुसार मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यद्यपि सबैको छाला एउटै प्रकारको हुँदैन । मुख्यतः यसमा छालारोग विशेषज्ञलाई जाँच गराएर क्रिम वा मोइस्चराइजरको प्रयोग गर्दा उत्तम हुन्छ । किनकि एक व्यक्तिलाई उपयुक्त भएको क्रिम अर्को व्यक्तिलाई अनुपयुक्त हुन सक्छ ।

त्यसैले जथाभावी क्रिमहरुको प्रयोगले छालाको असली स्वरुप परिवर्तन हुनुका साथै छाला पातलो हुने रिंकल पर्ने बिमिरा देखिने हुन्छ । त्यसकारण क्रिमको प्रयोग गर्नुपूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकताअनुसारको छनोट गर्नुपर्छ ।

छालामा साबुनको प्रयोग    

सामान्यतया छालाको प्रकृतिअनुसार साबुन प्रयोग गर्न सकिन्छ तर जथाभावी छालामा साबुनको प्रयोग उचित हुँदैन । किनकि यसले छालामा समस्या निम्त्याउन सक्छ । त्यसैले सकेसम्म छाला विशेषज्ञलाई जाँच गराएर मात्र त्यहीअनुसार साबुनको प्रयोग गर्नु उचित हुन्छ । जस्तै यदि सुख्खा छाला छ भने त्यसमा जथाभावी साबुन प्रयोग गरिएमा छाला झन् रुखो हुन सक्छ । यसले छाला छिट्टै नै चाउरिने जोखिम पनि हुन्छ ।

संवेदनशील छालामा जथाभावी साबुन प्रयोग गर्दा विभिन्न खालका छालाका समस्या निम्त्याउने सम्भावना हुन्छ । त्यसैले यसबाट बच्नका लागि आफ्नो छालाको प्रकृति थाहा पाएर मात्र त्यही अनुसार उचित साबुन छनोट गर्नुपर्छ ।

सम्भव भएसम्म अनुहारमा साबुनको प्रयोग नगरेकै राम्रोहुन्छ । धेरै रसायनयुक्त साबुनले नराम्रो असर गर्न सक्छ ।

छाला चाउरी

छालामा दुई कारणले चाउरी पर्छ, क्रोनोलोजिकल र फोटो एजिङ । उमेर बढ्दै जाँदा शरीरमा छाला तन्काउने तन्तु कमजोर हुँदै जान्छ, जसलाई क्रोनोलोजिकल एजिङ भनिन्छ । घाममा धेरै हिंड्ने वा बाहिर घाममा धेरै काम गर्नेलाई पनि छाला चाँडै चाउरी पर्ने गर्छ, जसलाई फोटो एजिङ भनिन्छ । यो कम उमेरका व्यक्तिमा देखिने समस्या हो । यो मानसिक तनाव र घाममा धेरै काम गर्ने मानिसलाई हुन्छ ।

यसबाहेक शरीरमा पानीको कमी, पोषक तत्वको कमी (भिटामिन ए, सी प्रोटिन), अत्यधिक धुम्रपान र मद्यपान सेवन, थाइराइड हार्मोनको उतारचढावलगायत कारणले पनि हुन सक्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पौडेल पाटन अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी  रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

छाला साबुन
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?