+

सन्यास फिर्ता लिँदै बेन स्टोक इंग्लिस ओडीआई टोलीमा फर्किए

२०८० साउन  ३१ गते १७:११ २०८० साउन ३१ गते १७:११
सन्यास फिर्ता लिँदै बेन स्टोक इंग्लिस ओडीआई टोलीमा फर्किए

३१ साउन, काठमाडौं । इंग्ल्याण्डको टेष्ट टिमका कप्तान तथा २०१९ को ओडीआई विश्वकपका नायक बेन स्टोक्सले ओडीआई क्रिकेटबाट लिएको सन्यास फिर्ता लिएका छन् ।

सन्यास फिर्तालिएपछि उनी न्युजिल्याण्ड विरुद्ध हुने ओडीआई सिरिजमा इंग्लिस टिममा फर्किएका छन् ।

३२ वर्षीय स्टोक्सले गत वर्ष ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए । उनले सबै फर्म्याट खेल गाह्रो हुने भन्दै उक्त निर्णय लिएका थिए ।

तर एक वर्षपछि नै उनले आफ्नो निर्णय फिर्ता लिएका छन् ।

२०११ मा आयरल्याण्ड विरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका अलराउण्डर स्टोक्सले इंग्ल्याण्डका लागि १०५ ओडीआई खेल्दै २ हजार ९२४ रन बनाएका छन् भने ७४ विकेट लिएका छन् ।

न्युजिल्याण्डसँग खेल्ने इंग्लिस टोली

जोस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जोनी बेयर्स्टो, साम करन, लिएम लिभिङ्गस्टोन, डविड मालान, आदिल रसिद, जो रुट, ज्यासन रोए, बेन स्टोक्स, रिस टोपले, डेविड विली, मार्क उड, क्रिस वोक्स ।

बेन स्टोक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय