+
+

‘बार्बी’ ब्लकबस्टर भएसँगै मार्गोट रोबी बनिन् विश्वमै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते ११:३३

काठमाडौं । हलिउड फिल्म ‘बार्बी’की अभिनेत्री मार्गोट रोबी विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । उनले यो फिल्ममा काम गरेबापत ५० मिलियन अमेरिकी डलरभन्दा बढी पारिश्रमिक लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पारिश्रमिक लिने मामिलामा उनले स्कारलेट जोन्सन, एन्जेलिना जोली र ग्याल ग्याडोट जस्ता हलिउडका चर्चित अभिनेत्रीलाई पनि पछि छाडेकी छन् । ‘बार्बी’ अझै हलमा चलिरहेको छ । फिल्मले अहिलेसम्म विश्वव्यापी १.१८ बिलियन डलरभन्दा बढी कमाइ गरेको छ ।

यो फिल्मलाई ग्रेटा गेर्भिङ नामकी महिला निर्देशकले निर्देशन गरेकी हुन् । महिला निर्देशकको फिल्मले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको यो पहिलोपटक हो । अभिनेत्री रोबी पनि फिल्मकी सहनिर्माता हुन् ।

प्रतिष्ठित भेराइटी म्यागजिनले ‘बार्बी’बाट मार्गोट रोबीले ५० मिलियन डलर कमाएको जनाएको छ । यति मात्र होइन, फिल्म कमाइको बोनस समेत उनले प्राप्त गर्नेछिन् । अहिले पनि विश्व बक्स अफिसको शीर्ष स्थानमा रहेकाले फिल्मले अझै कमाउन सक्छ ।

रोबी अहिले सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बने पनि यसअघि हलिउड अभिनेत्री सान्ड्रा बुलकले २०१३ मा फिल्म ‘ग्रेभिटी’मा काम गरेबापत सात करोड डलर पारिश्रमिक प्राप्त गरेकी थिइन् । त्यसपछि जेनिफर एनिस्टन, जेनिफर लरेन्स, गल ग्याडोट, स्कारलेट जोन्सन र एन्जेलिना जोली जस्ता अभिनेत्री सूचीमा छन् ।

रोबीको कुरा गर्दा उनी ‘आइ टोन्या’ र ‘बम्बसेल’जस्ता फिल्मबाट ओस्कार अवार्डमा मनोनित भएकी थिइन् । वुल्फ अफ वालस्ट्रिट, सुसाइड स्क्वाड, वन्स अपन अ टाइम इन हलिउड उनका अन्य व्यावसायिक सफल फिल्महरु हुन् । तर ‘बार्बी’को तहमा कुनै पनि फिल्म आउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?