+
+

कोशी क्रिकेट संघ अध्यक्षमा सर्वजित निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते ७:५४

५ भदौ, काठमाडौं । कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् । मंगलबार झापामा भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार विप्लव घोषलाई ६ मतले पछि पार्दै सर्वजित अध्यक्ष बनेका हुन् ।

सर्वजित पाण्डेले १९ र विप्लव घोषले १३ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित भएका अनुप ढुंगानाले १८ मत पाए । उनका प्रतिस्पर्धी प्रविन थापाले १४ मत पाए ।

यसैगरी टीकाराम पुरीले १८ मत ल्याउँदै सचिव तथा बिरु श्रेष्ठ १९ मत ल्याएर कोषाध्यक्ष निर्वाचित भए । सचिवमा पराजित अर्जुन पौडेलले १४ र कोषाध्यक्षमा पराजित चेतनाथ पौडेलले १३ मत पाए ।

सदस्यहरुमा सुरेश गुरागाँई, सुमेश कुमार हलुवाई, शिवकुमार यादव, सचित आनन्द सुब्बा, मिङ्मा डन्डु शेर्पा, नारद नेपाल, नवीन घिमिरे, रामकृष्ण आचार्य र अम्बिका बुढाथोकी निर्वाचित भए ।

नेपाल क्रिकेट संघ (क्यान) को आगामी असोजमा हुने केन्द्रीय निर्वाचन हुनेछ । त्यसका लागि क्यानको जिल्ला संघको निर्वाचन सकिएको छ भने अहिले प्रदेश निर्वाचन चलिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बाशुदेव जोशी सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?