+
+

पपस्टार ब्रिट्नी स्पियर्सको तेस्रो पटक सम्बन्ध विच्छेद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १७:३८

काठमाडौं । विवाहको १४ महिनापछि पपस्टार ब्रिटनी स्पीयर्स र पति साम असघारीले सम्बन्ध विच्छेद गरेका छन् । सीएनएनका अनुसार अभिनेता तथा व्यक्तिगत प्रशिक्षक समेत रहेका असघारीले लस एन्जलसको सुपरियर अदालतमा डिभोर्सको लागि गत साता निवेदन दिएका थिए ।

ब्रिट्नी र सामले सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट गरेपछि गत वर्षको जुनमा विवाह गरे । पहिलो पटक सन् २०१६ मा यी दुईबीच पहिलोपटक भेट भएको थियो । त्यतिबेला यी दुईले एक म्युजिक भिडियोमा सँगै काम गरेका थिए ।

लस एन्जलसका एक न्यायाधीशले गायिका स्पीयर्सको १३ वर्षदेखि रहेको ‘अभिभावकत्व’ सम्बन्धी फैसला गरेको सात महिनापछि मात्रै यो जोडीले विवाह गरेको थियो । ब्रिट्नीको यो तेस्रो पटकको सम्बन्धविच्छेद हो ।

ब्रिट्नीले यसअघि सन् २००४ मा बाल्यकालका साथी जेसन अलेक्ज्याण्डरसँग विवाह गरेकी थिइन् । त्यो विवाह उनको टिकेन र सन् २००६ मा उनले गायक केभिन फेडरलाइनसँग पनि विवाह गरिन् । फेडरलाइनतर्फबाट उनका दुई छोरा १७ वर्षीय सेन प्रेस्टन र १६ वर्षीय जेडेन जेम्स छन् ।

ब्रिट्नीले इन्स्टाग्राम पोस्टमा सामसँगको विवाह आफ्नो जीवनको सबैभन्दा सानदार दिन रहेको भन्दै लेखेकी छन् । सामले अन्तिम पटक भ्यालेन्टाइन डेमा इन्स्टाग्राममा उनीसँगको रोमान्टिक तस्वीर सेयर गरेका थिए ।

डिभोर्सपछि ब्रिट्नीले गएराति लस एन्जलसमा ६ जना पुरुष साथीलाई बोलाएर भव्य पार्टी गरेको जनाइएको छ । ४२ वर्षे पपस्टार र २९ वर्षे सामको डिभोर्सलाई लिएर विश्व मिडियामा हेडलाइन बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?