+

सन्चोको प्रयोग गर्दा यी कुरामा ख्याल राख्नुपर्छ 

२०८० भदौ  ७ गते १८:२६ २०८० भदौ ७ गते १८:२६
सन्चोको प्रयोग गर्दा यी कुरामा ख्याल राख्नुपर्छ 

‘सन्चो’ नाममा उपलब्ध हुने तिख्खर सुगन्धयुक्त तेलबारे सायदै अनभिज्ञ होलान् । किनभने रुघा लाग्दा, नाक बन्द हुँदा होस् वा मांसपेशी–जोर्नी दुख्दा धेरैले सन्चो प्रयोग गर्छन् । विगतको तुलनामा सन्चोको उत्पादन र खपत दुवै बढेको छ ।

सन्चोको उपयोगिता अनेक छ । सन्चोको केही थोपा हालेर बाफ लिने, हातगोडा मसाज गर्ने, टाउको दुखेको बेला निधारमा केही थोपा हालेर हल्का मसाज गर्नुपर्छ, दुखाइ कम हुन्छ । लामखुट्टे वा अन्य कीराले टोक्दा पनि चिलाउने वा रातो हुने समस्या कम हुन्छ । थकान वा अरु कारणले हातखुट्टा दुखेको छ भने पनि सन्चोको केही थोपा लगाएर मसाज गर्नुपर्छ, आरम महसुस हुन्छ ।

यसरी सन्चोको प्रयोग रुघाखोकी, जोर्नी दुखेको, नाक बन्द भएको, थकान, जीउ दुखेको, मांसपेशी दुखेको, टाउको दुखेको, मर्केको ठाउँ र सामान्य चिलाइमा गर्न सकिन्छ ।

खासमा के हो सन्चो ?

सन्चो हाम्रै घर आँगनमा पाइने औषधीय वनस्पतिबाट बनाइन्छ । पुदिना, युकालिप्टस (मसला), कपुर, धसिंग्रे, तुलसी, टिमुर र लेमनग्रासको सुगन्धित तेल मिश्रण गरेर सन्चो बनाइन्छ । प्राकृतिक जडिबुटीहरुको समिश्रणका कारण यो विभिन्न स्वास्थ्य समस्याको अचूक समाधान बनेको हो । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यी जडिबुटीहरुको उत्पादन गर्दै आएको छ ।

यसको कुनै नकारात्मक असर छ ?

आयुर्वेदिक होस् वा एलोपेथिक प्राय: सबै औषधिको केही न केही असर त हुन्छ नै । कुनै औषधिले एउटा व्यक्तिलाई फाइदा गर्छ भने अर्को व्यक्तिलाई बेफाइदा गरिरहेको हुन्छ । त्यसैले सन्चोले पनि कसैलाई एलर्जी हुन सक्छ ।

कस्तो अवस्थामा प्रयोग नगर्ने ?

पहिले सन्चो उत्पादनको सुरुवाती दिनमा १-२ थोपा सन्चोलाई पानीमा हालेर खाने पनि गरिन्थ्यो । तर औषधि व्यवस्था विभागले सन्चोलाई खानमा प्रयोग नगर्न भनेपछि खाने सुझाव बन्द गरियो । आँखामा सोझै यसको प्रयोग गर्नु हुँदैन ।

सन्चोको प्रयोग बाहिरी प्रयोजनको लागि मात्र गर्न सकिन्छ । भित्री रुपमा यसको प्रयोग गर्नु हुँदैन ।

(जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी चिफ म्यानेफ्र्याक्चरिङ अफिसर उषा रिजालसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

सन्चो स्वास्थ्य
लेखक
उषा रिजाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?