+
+

टिकटकमा भाइरल बनेको ‘गणपति’ फिल्मको गीत ‘उनभित्र गुन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १२:०५

काठमाडौं । पछिल्लो समय टिकटकमा भाइरल बनिरहेको फिल्म ‘गणपति’को गीत ‘उनभित्र गुन’ सार्वजनिक भएको छ । निर्माताले गीतको पूरा भिडियो र अडियो संस्करण ल्याएका हुन् ।

शंकर अधिकारी ‘घायल’ले लेखेको शब्दमा बाबुल गिरीले संगीत भरेका छन् । गीतको टुक्रालाई टिकटकमा निकै रुचाइएको थियो । यो गीतमाथि टिकटकमा सयौं भिडियो बनेका छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म भदौको १४ गते रिलिज हुँदैछ । फिल्मको ट्रेलरले पनि दर्शकको मन जितेको निर्माता बताउँछन् । वितरक सुनिल मानन्धरले फरक कथामा फिल्म बनेकाले पनि दर्शकले माया गर्ने विश्वास व्यक्त गरे ।

लक्ष्मण रिजालको निर्माता रहेको फिल्मलाई चर्चित सम्पादक समेत रहेका बनिश शाहले सहनिर्माण गरेका हुन् । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार फिल्ममा विज्ञान केसी र अरविन्द्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अन्शु महर्जन, पुष्कर गुरुङ, जयनन्द लामा, सुशिल पोखरेल, देवेन्द्र बब्लु, कालु राना, कविता न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

हरि लामा घलेको छायांकन रहेको फिल्ममा सविन अधिकारी र असिम काफ्लेको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी छ । यो फिल्मलाई सविन अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?