
१२ भदौ, दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।
पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।
घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4