+
+

आज गाईजात्रा पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ७:२८

१४ भदौ, काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रस्तुति सहितका कार्यक्रम गर्ने चलन छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ । यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन सुरु भएको जनश्रुति छ ।

आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ । तिथि घटबढका कारण रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?