+
+

मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:०९

१९ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

सप्तरी जिल्ला अदालत इजलास नम्बर ३ का न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासको आदेशमा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको स्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

उनलाई सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो ।

बोदेबर्साइन नगरपालिका ५ बस्ने  यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो ।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । जाहिरीपरेपछि यादव फरार थिए ।

२०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरि मुल्तवीमा राखि अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए र प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?