+
+

डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ९:५३

२४ भदौ, धनगढी । डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।

केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुंगा लागेको थियो ।

गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए ।

ऐरको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । रडुवामा शनिबार आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?