+
+

१५ असोजदेखि कम्पनी दर्ता अनलाइनबाटै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १९:२६

२५ भदौ, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ ।

कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले जानकारी दिए ।

‘सफ्टवेयरको अन्य काम भइरहेका छन्, तत्कालका लागि कम्पनी दर्ता भने १५ असोजदेखि गर्न सकिने अवस्था छ,’ बराले भने, ‘यसको तयारीका लागि कम्पनीहरु र कार्यालयको तर्फबाट काम भइरहेको छ ।’

कम्पनी दर्ता र नवीकरणसमेत अनलानबाट गर्ने आवश्यक तयारीका लागि कम्पनीसँग सरोकार राख्ने सबैका लागि सूचना जारी गरिएको पनि रजिष्ट्रार बरालले बताए ।

कम्पनीका कामहरु सबै अनलाइनमार्फत गराउन आवश्यक कागजात र डिजिटल हस्ताक्षर बुझाउन पनि कार्यालयले आग्रह गरेको छ । कम्पनीका कतिपय कामहरु भौतिक रुपमै हुने भए पनि तिनले पनि डिजिटल कामका लागि आवश्यक प्रक्रिया थाल्नु पर्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

यस्तै कम्पनी दर्ता र प्रशासनको काम गर्ने संस्थालाई अनलाइनबाटै कम्पनी दर्ता सम्बन्धी कामका लागि आवश्यक तयारी गर्न कार्यालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?