+
+

एमाले सचिवालय बैठक : सुवास नेम्वाङको आसनमा फूलमाला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १२:३०

२६ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ ।

संविधान सभाका अध्यक्षसमेत रहेका एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको थियो । राति एक बजेतिर बालुवाटारस्थित निवासमा उनी बेहोस भएका थिए । परिवारका सदस्यहरुले उनलाई बेहोस अवस्थामै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकपछि नेम्वाङको शव नेपाली सेनाको टोलीले त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याएको छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम राखिएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् ।

शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?